२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

कोशीको मुख्यमन्त्रीमा केदार कार्की; पिल्लिएको विवादको दीर्घकालीन हल भएन

काठमाडौँ, असोज २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाउन भएपछि मुख्यमन्त्री बन्न सफल भएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरे । यो संख्या प्रदेश सभामाको कुल सदस्य संख्याको बहुमत हो ।

मुख्यमन्त्रीका लागि कांग्रेस कोशी प्रदेशका नेता केदार कार्कीसँगै नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी गर्नुभएको थियो । आङ्बोलाई केन्द्रमा रहेको सत्ता गठबन्धनले साझा मुख्यमन्त्रीका रुपमा उठाउने निर्णय गरेको थियो । तर गठबन्धनले गरेको निर्णयमा विमती राख्दै कार्कीले नेकपा एमाले समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७-४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि कोही पनि उपस्थित भएनन् ।

समस्या जस्ताको तस्तै

सत्ता गठबन्धन र प्रतिपक्षी एमाले दुबै तर्फको स्पष्ठ बहुमत पुग्न नसक्दा कोशी प्रदेशमा पटक पटक मुख्यमन्त्री बन्ने र हटाइने क्रम चलिरहेको छ । कांग्रेसको शेखर कोइराला पक्षधर मानिएका वर्तमान मुख्यमन्त्री कार्की प्रतिपक्षि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।

आफ्नै दल आवद्ध गठबन्धनले निर्णय गरेको माओवादी नेता आङ्बो विरुद्ध उभिएर प्रतिपक्षिको बैशाखीमा मुख्यमन्त्री बनेका कार्कीको कार्यकाल कस्तो होला हेर्न बाँकी नै छ । तर एमालेले केन्द्रीय राजनीतिमा समेत टक्कर दिने गरी गरेको साँठगाँठले कोशीको पिल्लिएको मुख्यमन्त्री चयनको राजनीतिलाई थप सकसपूर्ण नबनाउला भन्ने आशा गर्न भने सकिदैंन् ।

२०८० आश्विन २७, शनिबार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।