२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

इजरायल-प्यालेस्टिन आक्रमणः हजारौं रकेट प्रहार; दुबै तर्फगरी करिव पाँच सयको मृत्यु

काठमाडौं असोज २१ । इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणत भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् । लडाकु समूहले एकै पटक विभिन्‍न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ । इजरायलले जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।

हमास लडाकुका आधार क्षेत्र लक्ष्यित हमलालाई प्रभावकारी बनाउन शंकास्पद ठाउँका बासिन्दालाई अन्यत्र पठाउन खोजेको हो । हालसम्म लडाकु समूह हमासको आक्रमणमा परी इजरायलतर्फ २ सय ५० जनाको मृत्यु भएको छ भने करिव १६ सयजना घाइते भएका छन् ।

त्यस्तै इजरायली सेनाको प्रत्याक्रमणमा परी २ सय ५० हमास लडाकुको मृत्यु हुनुका साथै सयौंको संख्यामा घाइते भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी हमलाको विश्व समुदायले निन्दा गरेको छ ।

२०८० आश्विन २१, आईतवार प्रकाशित 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।