२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

एमसीसीको भव्य समारोहबीच शुभारम्भ; प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुखले गरे परियोजनाको उद्घाटन

काठमाडौं असोज १७ । अमेरीकी सहयोग कार्यक्रम एमसीसीको भव्य समारोहबीच शुभारम्भ गरिएको छ । बुधवार काठमाडौंस्थित एक पाँच तारे होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमसिसि परियोजनाको कार्यकारी प्रमुख एलिस पिटर्सन अलब्राइटले संयुक्त रुपमा परियोजाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना प्राथमिकताको परियोजना रहेको बताउनु भएको छ । परियोजना कार्यान्वयनको सन्दर्भमा आज काठमाडौमा एमसीए नेपालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो परियोजनाको कार्यान्वयनवाट नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने भएकाले प्राथामिकतामा राखिएको बताउनु भएको हो ।

परियोजनामार्फत निर्माण हुने सडक र ऊर्जा सम्बन्धी पूर्वाधारले प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध हुनुका साथै विद्युत निर्यातमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाई छ ।

कार्यक्रममा एमसिसि परियोजनाको कार्यकारी प्रमुख एलिस पिटर्सन अलब्राइटले एमसीसी कार्यान्वयसंगै नेपालको विकासमा साझेदारी गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले परियोजनाको सफल कार्यान्वयनले नेपालको विकासको चाहनालाई पुरा गर्न थप मद्दत पुग्ने विश्वास पनि दिलाउनुभयो ।
अलब्राइटको नेपाल भ्रमणमा अवसरमा परियोजना कार्यान्वयनको सेलिब्रेसन कार्यक्रम गरिएको हो ।

२०८० आश्विन १७, बुधबार प्रकाशित 0 Minutes 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।