२०८३ श्रावण १२ मंगलवार
  • काठमाडौँ

बेलायतमा काम गर्न नेपाली नर्सका लागि आवेदन खुला

काठमाडौं श्रावण ५। बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ । ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो ।

हिजो काठमाडौमा आयोजित बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र ब्रिटीस राजदुतावासद्धारा आयोजना गरिएको कार्यक्रम मार्फत् आवेदन खुला गरिएको जानकारी दिइएको हो ।

मन्त्रालयको वेव साइडमा रहेको forms.dofe.gov.np मा आवेदन दिन सकिने जनाइएको छ । आवेदन दिनका लागि नेपालको नसिंङ काउन्सिलमा रजिष्टर भएका नर्सहरुले, कम्तीमा तीन वर्षको नसिंङ कोर्ष पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

यस्तै आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइ ई एल टी एस मा न्युनतम ७ अंक अनिवाय ल्याउनु पर्नेछ । उनीहरुको छनौट प्रक्रिया जी टू जी प्रक्रिया बामेजिम नेपालको बैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले गर्नेछ ।

सम्झौता अनुसार पहिले चरणमा एक सय जना नर्सलाई बेलायत पठाइने छ । यसअघि दुई देशबीच गत ६ भदौ २०७९ मा भएको सम्झौता अनुरुप नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा कार्ययोजना पारित भएको थियो । तथ्यांक अनुसार हाल नेपालमा ७४ हजार नर्सहरुले सेवाका लागि अनुमति लिएका छन् ।

२०८० श्रावण ५, शुक्रबार प्रकाशित 1 Minute 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।