२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नेपाल सेमिफाइनलमा

काठमाडौं जेठ ९ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा आज भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले बंगलादेशलाई २५-१०,२५-८ र २५-९ ले हराएको हो ।

जितसँगै समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ ।

दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूहचरणबाट बाहिरिएका छन् । अब नेपालले तेस्रो खेलमा भोलि भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यसैगरि आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको थियो । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । भारतले कीर्गिस्तानलाई ३–० सोझो सेटमा पराजित गरेको हो ।

यसअघि हिजो भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई हराएको थियो ।

कीर्गिस्तानको यो दोस्रो पराजय हो । समूह ‘ए’ मा रहेको भारत दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।

२०८० जेष्ठ ९, मंगलवार प्रकाशित 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।