२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

भारतमा फेरि नोटबन्दी; दुई हजारको नोट तीन महिना भित्र साट्न निर्देशन

काठमाडौं जेठ ६ । भारत सरकारले २ हजार रुपैयाँको नोटलाई चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । सरकारको निर्णयसंगै त्यहाँको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डीयाले चार महिनाको समयसीमा दिएर सबैलाई २ हजार रुपैयाँको नोट बैंकमा जम्मा गर्न भनेको छ ।

सबै वित्तिय संस्थाहरुलाई आगामी सेप्टेम्बर महिनाको ३० तारिखसम्म २ हजार रुपैयाँको नोट सटही गर्न र ग्राहकलाई २ हजारको नोट वितरण नगर्न समेत बैंकले निर्देशन दिएको छ ।

यस अवधिमा यसको कारोबार भने नरोकिने पनि बैंकले जनाएको छ । अधिकांश मानिससंग २ हजार रुपैयाँको नोट नभएको र बजारमा रहेको कालो धनलाई रोक्नकालागि यस प्रकारको निर्णय लिइएको दावी सरकार र त्यस आवद्ध दलका नेताहरुको छ ।

सन् २०१६ मा भारत सरकारले ५ सय र एक हजार रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउदै २ हजार रुपैयाँको नोट निष्काशन गरेको थियो ।

२०८० जेष्ठ ६, शनिबार प्रकाशित 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।