२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई भने भ्रष्टाचारीः जेल जान तयार रहेको प्रचण्डको जवाफ

काठमाडौं जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताउनु भएको छ । यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उहाँले बताउनु भयो ।

प्रतिनिधि सभामा आज भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डाक्टर रामशरण महतले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको जवाफ दिनु भएको छ ।

बैठकमा आर्थिक मन्त्री कसरी रोक्नु हुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले फजुल खर्च रोकेर भएपनि संभावित आर्थिक मन्दीको सामाना गर्ने बताउनु भयो । त्यसका लागि वित्तिय र मौन्द्रिक नीतिलाइ थप समान्जस्य गरिने र त्यो हुँदै गएकाले अहिले हाम्रा कतिपय आर्थिक सुचकमा सकरात्मक सुधार भइ रहेको बताउनु भयो ।

अर्को प्रश्नमा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर आएका जुनसुकै पार्टीको भए पनि नछाडीने बताउनु भयो । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले दरवार हत्याकाण्डदेखि अन्य घटनाको पुनः छानविन गर्नु पर्ने बताउनु भयो ।

यस अघिको संसदबाट पास हुन नसकेको नागरिकता विध्ययेकमा राष्ट्रपतिले अध्ययन गरिरहनु भएको उहाँले प्रश्नकर्ता सांसदलाइ उत्तर दिनु भएको थियो ।

२०८० जेष्ठ ४, बिहीबार प्रकाशित 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।