२०८२ जेष्ठ ७ मंगलवार
  • काठमाडौँ

शरणार्थी प्रकरणमा पूर्व सभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी

काठमाडौं, वैशाख ३१ गते ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ ।

यसैबीच पक्राउ पुर्जि जारी भएको सूचना पाएपछि शेर्पा सम्पर्कविहिन भएको समाचार पनि आइरहेको छ । आज विहान प्रहरीले सोही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउन सेटिङ मिलाइरहेको आशंकामा शेर्पा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको खबर पाए लगत्तै उनी सम्पर्क विहिन भएको खबर विभिन्न अनलाईन समाचार माध्यमहरुले लेखेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।

२०८० बैशाख ३१, आईतवार प्रकाशित 0 Minutes 74 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।