२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

ऐतिहासिक खेलको प्रतिक्षामा नेपाली क्रिकेट; प्रशिक्षणका लागि दक्षिण अफ्रिका जादैं

काठमाडौं बैशाख ३० । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसॅंग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्ने भएको छ ।

आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसिय विश्वकप छनोट खेलमा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो ।

जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने उक्त प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहने छ । प्रतियोगिता दुई समूह बिभाजन गरि आयोजना हुनेछ ।

समूह बिभाजन भई नसकेको भएपनि नेपाल रहने समूहमा कम्तिमा पनि एक टेस्ट राष्ट्र रहने हुँदा नेपालले यो अवसर पाउदैछ ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले विभिन्न टेस्ट राष्ट्रसॅंग खेलेको भए पनि ओडिआईमा भने यो पहिलो अवसर हुनेछ ।

यसैबीच विश्वकप छनोट खेलन् छानिएसंगै प्राप्त भएको यो पहिलो अवसरलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने नेपाली टोलीले विश्वास व्यक्त गरेको छ । त्यसैको तयारीका लागि नेपाली टोलीले दक्षिण अफ्रिकामा प्रशिक्षणका लागि जाने तयारी पनि गरेको छ ।

२०८० बैशाख ३०, शनिबार प्रकाशित 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।