
काभ्रे बैशाख २८ । दोस्रो जन आन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको राष्ट्रिय सम्मान सहित अन्त्यष्टि गरिएको छ । नेपाल प्रहरीले शोक धुन बजाएर राष्ट्रिय सम्मान सहित बनेपा नगरपालिका वडा नं ७ स्थित उग्रतिर्थ घाटमा मुकेशको अत्यष्टि गरिएको हो ।
उनका बुबा कृष्ण मान कायस्थले दाग बत्ती दिएका थिए । निमोनियाबाट ग्रसित कायस्थको बुधबार साँझ उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको थियो ।



मुकेशले देशमा गणतन्त्र स्थापनाको लागि पुर्याएको योग्दानको कदर गर्दै नेपाल सरकारकोतर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रिय झण्डा ओडाई राष्ट्रिय सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नुभयो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित दलका शर्ष नेताहरुले उहाँको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, गृह सचिव दिनेश भट्टराई, संघीय सांसद गोकुल बास्कोटा, सूर्यमान दोङ, मीना तामाङ, नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, प्रदेश सांसद लक्ष्मण लम्साल, कञ्चन चन्द्र बादे, जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, विभिन्न स्थानीय तहका जनप्रतिनिधि लगायतले मुकेश कायस्थलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
त्यस्तै, दोस्रो जनआन्दोलनको समयमा मुकेशले देशको लागि पुर्याएको योग्दानलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाले बिहिवार नगरक्षेत्रमा शोक बिदा दिएको छ ।
त्यस्तै जिल्लाका विभिन्न राजनितिक दलहरुले मुकेशको निधनमा शोक विज्ञप्ती जारी गरेका छन् । २०६२/०६३ को आन्दोलनका क्रममा टाउकोमा प्रहरीको गोली लागेर शख्त घाइते भएका कायस्थ त्यसयता अर्धचेत अवस्थामा ओछ्याममै परेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।