२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं बैशाख २६ । नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले नेता रायमाझीको घरमा छापा मारेको हो।

ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ।प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

यो घटनामा यसअघि उहाँका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसक्नु भएको छ ।

२०८० बैशाख २६, मंगलवार प्रकाशित 0 Minutes 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।