२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

लम्की स्कीन रोगको संक्रमण फैलदैं

काठमाडौं बैशाख २६ । पछिल्लो समय पशुचौपायमा लाग्ने लम्की स्कीन रोगको संक्रमण नेपालमा पनि फैलिँदै गएको छ । हालसम्म ३५ जिल्लामा देखिएको यो संक्रमणले ४ हजार पाँच सय भन्दा बढी पशुचौपाय मरिसकेका छन भने ५३ हजार भन्दा बढी पशुहरुमा संक्रमण देखिएको छ ।

लम्की स्किन डिजिज विशेषत गाईमा लाग्ने एक सरुवा रोग हो। यो रोग लागेपछी पशुलाई ज्वरो आउनाको साथै पशुको शरीरमा गाँठागुँठि देखिने र पाक्ने हुन्छ। सन् १९२९ मा अफ्रिकामा पहिलोपटक देखिएको यो रोग अफ्रिका भन्दा बाहिर २०१२ मा एसिया र युरोपमा देखिएको थियो। नेपालमा भने वि.स २०७७ सालमा मोरङको सुन्दर हरैचामा पहिलो पटक देखिएको थियो । सोही वर्ष करिब २० वटा पशुचौपाय मरेका थिए भने २ हजार पाँच सय भन्दा बढी संक्रमित भएका थिए ।

दोस्रो वर्ष कहिँकतै फाट्टफुट्ट संक्रमण भएपनि पशु मरेका थिएनन् । तर चालु आर्थिक वर्ष सातै प्रदेशमा फैँलिदा ४ हजार पाँच सय भन्दा बढी पशुचौपाय मरिसकेका छन् भने ५३ हजार भन्दा बढी पशुमा संक्रमण देखिसकेको छ । सबैभन्दा बढी इलाम,उदयपुर सुनसरी र बैतडी जिल्लामा मरेका पशु सेवा विभागले जनाएको छ । त्यसैगरी सुदुरपश्चिचिम प्रदेश र कर्णाली प्रदेशमा भने बढीजसो गोरु मरेका छन् । संक्रमण भएका समयमा खेतबारी जोग्न लग्ने गरेका कारण बढी मर्न थालेको विभागको भनाइ छ ।

यो रोग लागेपछि १०५ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आँउन सक्छ। दुध घट्ने, खाना नखाने, पशुको आशु र सिगान आउने आदि लक्षणहरु देखिन्छन्। ज्वरो सुरु भएको लगभग ४८ घन्टाको अवधिमा २ देखि ५ सेन्टिमिटर साईजका गाठागुठि देखा पर्न थाल्छन। यि गाठाहरु टाउको, घाटी, खुट्टा, कल्चौडो लगायत कमलो छाला भएको भागमा देखापर्छन। ठुला गाठागुठीहरु भएको ठाउमा छाला गलेर घाउ हुन्छ, यी ठाउमा पाक्न सक्छन र घाउ भएको ठाउमा किरा पर्न सक्छ। त्यसैले पशु मर्ने तथा दुब्लाउने हुन्छ । यो विशेषगरी गर्मी समयमा बढी देखिन्छ । यसको उपचार विधि भनेको भ्याक्सिन हो । तर यसको खोप नेपालमा भित्रिसकेको छैन ।

हालको लागि चिकित्सको सल्लाहबमोजिम शरीरमा देखिएका गाठागुठि र घाउहरु सफा गरिदिने र ज्वरो कम गर्ने औषधिहरु प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् । त्यसैगरी रोगी पशुलाई बथानबाट छुट्याउने, झिंगा, भुसुना, लामखुट्टे, किर्ना र डाँसको नियन्त्रण गर्ने र गोठ, मलखाद र वरपरका क्षेत्रको सरसफाई गर्न पनि विज्ञहरुले अनुरोध गरेका छन् ।

२०८० बैशाख २६, मंगलवार प्रकाशित 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।