२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो; पेटमा समस्या

काठमाडौं बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लिएको छ । उहाँको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार सुरु भएको छ ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाइ मंगलबार साझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि राष्ट्रपतिलाइ थप उपचारका लागि भारत लगिएको थियो ।

यसअघि बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकालीएको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले चिकित्सकको सल्लाह अनुसार उहाँलाइ हेम्स अस्पताल लगिएको बताउनुभयो ।

राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत बुधबार बिहान नयाँ दिल्ली लगिएको हो ।

उहाँको साथमा निजी चिकित्सक डाक्टर निरज बम सहित त्रिवि शिक्षण अस्पतालको क्रिटीकर केयरको टिमपनि छ । यसअघिपनि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

२०८० बैशाख ६, बुधबार प्रकाशित 0 Minutes 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।