२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

राष्ट्रपति पौडेल अकस्मात विरामी, अस्पताल भर्ना

काठमाडौं बैशाख ५ । राष्ट्रपति रामचन्द्र पौडेल अकस्मात अस्वस्थ हुनुभएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डाक्टर नीरज बंम नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखीए पछि परिक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिपछि अस्पताल भर्ना गरेर उपचार भैरहेको राष्ट्रपतिका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ अवस्थामा क्रमिकरुपमा सुधार भइरहेको पनि सचिव अधिकारीले वताउनु भयो ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुग्नु भइ राष्ट्रपतिको स्वास्थ अवस्था वारे जानकारी लिनु भएको छ ।

२०८० बैशाख ५, मंगलवार प्रकाशित 0 Minutes 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।