२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

एसीसी प्रिमियर कप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी; मलेशिया ६ विकेटले हार्यो; अर्को खेलमा हङकङको जित

काठमाडौं बैशाख ५ । काठमाडौंमा आज सुरु भएको एशियाली क्रिकेट परिषदको एसीसी प्रिमियर कप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।

प्रतियोगिताको समूह ‘ए’ को पहिलो खेलमा पाहुना टोली मलेशियालाई ६ विकेटले पराजित हराउदै नेपालले विजयी सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय पारी खेले । चौथो विकेटका लागि १ सय १२ रनको साझेदारी गरेका यि दुईमध्ये कुशलले अविजित ७० रन बनाए भने भिमले ७१ रन बनाए ।

यसैगरि कप्तान रोहित पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

नेपाल विरुद्ध मलेसियाका विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।

मलेशिया विरुद्ध सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए भने  ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।

नेपालले अब आफ्नो दोस्रो खेल यहि  आठ गते ओमानविरुद्ध खेल्नेछ  ।

१० राष्ट्र सहभागी यस प्रतियोगिताको समूह ए मा रहेको नेपाल आजको जित पछि २ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

 

२०८० बैशाख ५, मंगलवार प्रकाशित 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।