
काठमाडौ चैत २८ । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ ।
तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । चैत ३० गते योसिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी साँझ लिङ्गो उठाइने जात्रा हुनेछ ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।