२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

सन्दीपको मुद्दामा चिकित्सकको पुनः बकपत्र गराउन आदेश

काठमाडौँ, चैत २६ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका – परिवर्तित नाम- गौशाला २६०  लाई परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश गरेको छ ।

न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई बकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा परीक्षण गर्ने डा. बिदामा रहेको र उहाँको सट्टामा अर्को डाक्टरको बकपत्र गराइएको देखिएकाले पुनः बकपत्र गराउन आदेश गरेको आदेशमा छ ।

लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

२०७९ चैत्र २६, आईतवार प्रकाशित 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।