२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

राष्ट्रपति अस्पताल भर्ना, प्रधानमन्त्री गए भेट्न

काठमाडौं चैत १९ ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना हुनुभएको हो । उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति  पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

२०७९ चैत्र १९, आईतवार प्रकाशित 0 Minutes 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।