२०८२ असार २५ बुधबार
  • काठमाडौँ

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौं फागुन २५ । राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपाली कांग्रेसका रामचन्द्र पौडेलले निर्वाचित भएका छन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्।

राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ।

उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।

राष्ट्रपति निर्वाचनमा ८३१ मत खसेका थिए। जसमा संघीय संसद्का ३३२ जनामध्ये ३१३ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका थिए।

राष्ट्रपति चुनावमा भएको मतदानअनुसार, संघीय संसद्तर्फ २४ हजार ७२७ र प्रदेशतर्फ २४ हजार ८६४ मतभार पुगेको थियो। जसको कूल मतभार ४९ हजार ५९१ रहेको थियो।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।