२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

श्री स्वस्थानी व्रत मेला शुरु; स्वस्थानी कथा वाचन र श्रवण गरिंदै

काठमाडौं, पुष २२ ।  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौको साँखुमा लाग्ने श्री स्वस्थानी ब्रत मेला र माधव नारायण ब्रत सुरु भएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक महत्व बोकेको पवित्र तीर्थ स्थलका रुपमा रहेको साँखुको शालीनदीमा परापूर्वकालदेखि लाग्दैआएको माधव नारायण मेलामा भगवान शिव र पार्वतीको पूजा आराधना गरी शालीनदीमा स्‍नान गरी १ महिनासम्म ब्रत बस्ने गरिन्छ ।

स्वस्थानी ब्रत कथामा आधारित यस मेलामा महिला पुरुष गरी २ सय २१ जना ब्रतालुहरु आफ्नो परिवारको सु स्वास्थ्यको कामनाका साथ महिलाहरुले भगवान शिव जस्तै पतिको कामना गरी ब्रत बस्‍ने चलन छ ।

मेलामा करिव ३५ देखि ४० लाखसम्म भक्तजनहरु सहभागी हुने आयोजकले जनाएको छ ।

आजैका दिनबाट स्कन्द पुराणको माघ महात्म्यमा वर्णन गरिएको पार्वती पुत्र कुमार र अगस्त्य ऋषिबीचको संवाद श्री स्वस्थानी देवीको कथा महात्म्य सुन्ने र सुनाउने धार्मिक प्रचलन रहेको छ ।

२०७९ पुष २२, शुक्रबार प्रकाशित 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।