२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

फिफा विश्वकप फुटबल: सेमिफाइनलमा अर्जेन्टिना र क्रोयशिया तथा फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं, मंसिर २७ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबारबाट सेमिफाइनल चरणका खेलहरु शुरु हुदैछन् । मंगलवार हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ भने बुधवारहुने दोस्रो सेमिफाइनल खेलमा फ्रान्स र मोरक्को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । दुबै खेलहरु नेपाली समय अनुसार राती १२:४५ बजे शुरु हुनेछन् ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा पहिलो सेमिफाइनल खेल हुने छ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १-० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो ।

२०७९ मंसिर २७, मंगलवार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।