२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

रामसीताको विवाहोत्सव गरी मनाइयो विवाह पञ्चमी

काठमाडौं, मंसिर १२ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँएको छ ।

देशभरका राम सीता मन्दिरमा विशेष पूजा आराधना र महोत्सव गरी यो पर्व मनाइएको हो । विवाह पञ्चमिका दिन विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता समेत छ । त्रेता युगमा आज अर्थात मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम सीताको पूजा आराधना गरी यो पर्व मनाइने चलन चलि आएको छ ।

विशेष गरि नेपालको मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सवनै हुने गरेको छ ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना पनि हुने गरेको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

२०७९ मंसिर १२, सोमबार प्रकाशित 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।