
काठमाडौं, मङसिर ७। गत मङसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं उपत्यकाका केही क्षेत्रहरुमा प्रतिनिधि सभा सदस्यमा नयाँ व्यक्तित्वकाे उदय भएको छ । उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेको छ । काठमाडौं २ बाट सोबिता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा बिराज भक्त श्रेष्ठ र ललितपुर ३ मा तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जीत्नुभएको हो ।
प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले काठमाडौंमा ५, ललितपुरमा १ र भक्तपुरमा १ सिट गरी ७ स्थान जितेको छ भने नेपाल कम्युनिष्ट पार्टी एमालेले २ स्थानमा आफ्नाे उम्मेदवारलाइ जिताउन सफल भएको छ ।



नेपाली कांग्रेसका तर्फबाट काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल, १० मा राजेन्द्र कुमार के. सी., ललितपुर १ मा उदय शम्शेर जबरा र भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।