२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

काठमाडौँ-४ मा गगन थापा बिजयी

काठमाडौं ,  मङसिर ६। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी गराए अनुसार महामन्त्री थापाले २१ हजार ३०१ मत प्राप्त गर्नु भएको छ।

उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का डा. राजन भट्टराईलाई ७ हजार ४४६ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो ।

डा. भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ । थापा २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट डाक्टर भट्टराईलाई नै हराएर विजयी हुनुभएको थियो ।

 

२०७९ मंसिर ६, मंगलवार प्रकाशित 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।