
काठमाडौं, मंसिर ४ । आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा १५ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थगित भएका स्थानमा २ दिनभित्र पुनः मतदान गर्न निर्वाचन आयोगले सम्वन्धित निर्वाचन अधिकारीहरुलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।



छिटफुट घटना बाहेक देशैभर शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले देशैभर शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।