
काठमाडौं, मंसिर २ । मतदातालाई प्रभावित पार्न प्रचार प्रसार गर्न नपाउने स्थिर समयमा पैसा बाड्दै गरेको अवस्थामा काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ प्रदेश सभा २ तर्फ नेकपा एमालेबाट उम्मेदवारी दिएका दीपक निरौला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मौन अवधिमा एमालेका नेताहरुले पैसा बाड्दै गरेको सूचना पाएपछि पुगेको प्रहरीले निरौला सहित नगरपालिकाको नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष र एमाले बूढानीलकण्ठ नगर अध्यक्षसहितका व्यक्तिहरुलाई प्रहरीले वडा नम्बर ६ स्थित एमालेकै एक कार्यकर्ताको घरबाट शुक्रवार राति नियन्त्रणमा लिएको हो ।



प्रहरीले पैसा बाड्दै गरेका उम्मेदवार निरौला सहित नगरपालिकाको वडा नम्वर ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाई पक्राउ गरी बूढानीलकण्ठ प्रहरी प्रभागमा राखेको छ ।
उनीहरुलाई प्रहरीले रङ्गेहात ६ नम्बर वडा कार्यालयका कर्मचारी बुद्द लक्ष्मी तामाङको घरबाट पक्राउ गरेको हो ।
काठमाडौं क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवार बनेका ईश्वर पोखरेल र प्रदेश सभा सदस्य निरौलाका मान्छेहरु पैसा बाढ्दै गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।
पैसाको बलमा मतदातालाई प्रभावित बनाउन खोज्ने दोषीहरुलाई कारबाहीको माग गर्दै स्थानीय र नेपाली कांग्रेस सहितका दलका कार्यकर्ताहरुले बूढानीलकण्ठ प्रहरी प्रभाग बाहिर धर्ना दिएका छन् ।
निर्वाचन ऐनमा कानून र आचार संहिता विपरित मतदातालाई प्रभावित गर्नेलाई जरीवाना सहित जेल सजाय हुने व्यवस्था छ ।
एमालेका स्थानीय नेताहरुले भने विरामी भेट्न भनेर गएका आफ्ना साथीहरुलाई फसाएको भन्दै घटनाको वचाउ गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।