२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं, मंसिर १ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार साँझ भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा ग¥यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको थियो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए ।

पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । बङ्गलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

२०७९ मंसिर १, बिहीबार प्रकाशित 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।