२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

बागी उम्मेदवारी दिने पाँच जनालाई कांग्रेसको कारबाही

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै पाँच जनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन् ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान बमोजिम पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ ।

२०७९ कार्तिक २८, सोमबार प्रकाशित 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।