२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

अब शुक्रबार पनि शेयर बजार खुल्ने

काठमाडौं । अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ । शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार अब ६ दिन नै खुलाउने तयारी गरेको हो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गरिएको थियो ।

सरकारले असार १ गतेदेखि आइतबार दिएको सार्वजनिक बिदा खारेजको निर्णय गरिसकेको छ । सरकारले आइतबार दिएको बिदा खारेज गरे पनि नेप्सेले शुक्रबार पनि शेयर कारोबार खुल्ला राख्ने निर्णय गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले शुक्रबार शेयर कारोबार खुल्ला गर्ने विषयमा निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म र शुक्रबार भने १ बजेसम्म शेयर कारोबार हुनेछ ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।