२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु फेरीए

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको सिफारिश गरेको छ ।

पार्टीको सचिवालय समितिको आइतवार बसेको बैठकले यसअघि सरकारको मन्त्री रहेका पाँच जना नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन पाँच नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

अहिले रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच नेतालाई मन्त्रीका रुपमा सरकारमा पठाउन उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको एकीकृत समाजवादीका उपमहासचिव डाक्टर विजय पौडेलले जानकारी दिनुभएको छ ।

पार्टीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारिस गरेको उपमहासचिव डाक्टर विजय पौडेलले जानकारी दिनुभयो ।

पार्टीले हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिश गरेको पनि उपमहासचिव पौडेलले जानकारी दिनुभयो । वर्तमान सरकारमा खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुहुन्छ भने मन्त्रीमा विरोध खतिवडा हुनुहुन्छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा प्रेमबहादुर आले हुनुहुन्छ भने सहरी विकासको जिम्मेवारीमा रामकुमारी झाँक्री हुनुहुन्छ ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी कृष्णकुमार श्रेष्ठले सम्हालिरहनुभएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको पाँच दलीय वर्तमान गठबन्धन सरकार आठ महिना अघी गठन भएको थियो ।

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।