२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

खाद्य अभाव र मूल्यवृद्धि चर्किने

काठमाडौं । खाद्यान्न र रासायनिक मल निर्यातक दुई देश रुस र युक्रेनबीचको युद्ध अर्को वर्षसम्म लम्बिने हो भने खाद्य अभाव र मूल्यवृद्धि चर्किने राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले प्रतिवेदन सार्वजनकि गर्दै खाद्य सङ्कट हुन सक्ने चेतावनी दिएको हो ।

प्रतिवेदनले गत मार्च महिनामा विश्वमा खाद्यान्न र मासुको मूल्यमा कमी आएपनि मे महिनामा गत वर्षभन्दा २२ दशमलब ८ प्रतिशतले मूल्य बढेको उल्लेख छ ।

अमेरिका र भारत लगायतका देशहरूमा सुधारिएको बालीको अवस्थाका कारण आपूर्ति बढेको भएता पनि खाद्यान्न र मलका दुई प्रमुख निर्यातकर्ता रूस र युक्रेनबीचको द्वन्द्वका कारण खाद्यान्नको मूल्य बढ्न सक्नेतर्फ एफएओले सबैलाई सजग गराउन खोजेको छ ।

मल, बिउ र अन्न समेत रुस र युक्रेनबाट नआउने हो भने संकट हुने् हुँदा देशहरुले आफ्नै देशभित्र उब्जनी बढाउने उपाय सोच्नु पर्ने अवस्था आएको राष्ट्र संघीय प्रतिवेदनले देखाएको छ ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।