२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

उपत्यकाको सबैभन्दा लामो जात्रा- मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकाको सबभन्दा बढी लामो जात्रा रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएको छ ।

ललितपुरको जावलाखेलमा भोटो देखाइएपछि जात्रा सकिएको हो ।

राष्ट्राध्यक्षको उपस्थितिमा जनतालाई भोटो देखाउने परम्परा छ । सोही क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्रा अवलोकन गर्नुभयो । चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राखे संगै शुरु हुने रथ यात्रा जावलाखेलमा भोटो प्रदर्शन गरेसंगै आज बुङमतिमा पुर्याएर विधिवतरुपमा सम्पन्न गरिन्छ ।

रथ यात्राको अन्तिम दिन आज जावलाखेलमा गुठी संस्थानका प्रमुखले भोटो प्रदर्शन गर्ने प्रचलन अनुसार भोटो देखायएको हो ।

भोटो प्रदर्शन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री बालकृष्ण खाँणको पनि उपस्थिति थियो ।

भोटो प्रदर्शनिको किम्मदन्ती अनुसार कर्कोटक नागराजले आखाँ दुखेका वेला किनाल ले उपचार गरे पछि निको भएको र उपहारस्वरुप दिएको जुहारत जडीत भोटो हराएपछि राजाकोमा खवर खरी खोजि गरे पछि भोटो कस्को हो सप्रमाण ल्याएर लैजानु भनि रातो मच्छिन्द्रनाथ मन्दीरमा राख्ने र जात्राको अन्तिम दिन देखाउने गरिएको पाइन्छ ।

लिच्छविकाल देखीनै भोटो प्रदर्शन गर्ने गरेको इतिहास छ । रातो मच्छिन्द्रनाथलाई सहकाल र वर्षाका देवता मानिन्छ ।

वर्षाका देवतथाको बगमनले पानी पर्ने बाली फस्टाओस् भनेर कामना गर्दै बुङमति भित्र्याउने प्रचलन रहेको छ ।।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।