
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने उद्देश्यका साथ काठमाडौंको खुल्लामञ्चमा असोज १ गते नवौं महाधिवेशनको उद्घाटन हुने जानकारी दिनुभयो ।



अन्तरविरोध र अन्तरसंघर्षका रुपमा पार्टीमा नचाहेको र अस्वभाविक परिघटना देखा परेको भन्नुहुदै उहाँले यी सबै विषयमा कुनै भ्रम नरहने गरी छलफल हुने प्रष्ट पार्नुभयो ।
पार्टीले उठाउदै आएका कुरालाई नागरिकले अपनत्व महसुस गरेको र यसलाई सफलताको रुपमा लिइएको उहाँको भनाइ छ ।
देशको अर्थतन्त्र जतिसुकै बेला पनि टाँट पल्टिएको घोषणा गर्ने अवस्थामा पुगेको बताउनु हुँदै उहाँले विश्वबाट पूँजीवाद उन्मूलन गर्दै वैज्ञानिक समाजवादका लागि बृहत ढंगबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।