२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

एन्फाको चुनावः झण्डै ७० प्रतिशत मतदाता उम्मेदवार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को भावी नेतृत्व चयन गर्न हुन लागेको निर्वाचनका लागि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

२१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । असार ६ गते हुने निर्वाचनमा जिल्ला, क्लब र संघबाट गरी ८७ जनाले मतदान गर्नेछन् ।

मनोनयनको लागि यहि १२ गते सम्म समय तोकिएको थियो । नयाँ कार्यतालिका अनुसार आज प्रारम्भिक मतदाता नामावली प्रकाशन र नामावली उपर दावी तथा विरोधको समय निर्धारण गरिएको थियो ।

निर्वाचन समितिले पर्सी मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ भने जेठ १९ गते उम्मेदवारको नामावली प्रकाशन र दावी विरोध, २० गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

एन्फाको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग प्यानल सहित चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । य

स अघि २०७४ जेठमा शेर्पा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित हुनुभएको थियो ।।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।