२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

तारा एयर दुर्घटनाः १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ ।

त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका अनुसार आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ सो विमानका सवार सबै २२ जना यात्रुको मृत्यु भएको थियो भने हालसम्म २१ जनाको शव फेला परेको छ ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको शव काठमाडौं ल्याइएको हो । शव ल्याउदा पर्यटन मन्त्री प्रेमबहादुर आले बिमानस्थल पुग्नुभएको थियो ।

शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको नेपाली सेनाले जनाएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा सो बिमान दुर्घटना भएको हो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए ।

तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।