
काठमाडौं । रुसले युक्रनेको मुख्य शहरहरु मध्येको एक डोनबास शहरलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
डोनेस्क क्षेत्रको नगर लेम्यान रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।



यो नियन्त्रणसंगै रुस युक्रेनको पूर्वी क्षेत्र जोड्ने महत्वपूर्ण सडक पुल र रेल मार्गमा समेत नियन्त्रण बनाएको समाचार संस्थाले एपीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनिस्कीले पनि रुसी सेनाको प्रभाव बढ्दै गएको भन्दै डोनबास क्षेत्र निकै कठिन परिस्थितिबाट अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति जेलेनिस्कीले रुसी सेनाले थप क्षेत्रहरुलाई नियन्त्रणमा लिन अधिकतम शक्ति परिचालन गरिरहेको पनि बताउनुभएको छ ।
रुसले आफ्ना सेनाले चारै तीरबाट घेरा हालेको पूर्वी शहर सेभेरो दोनेस्क बाट युक्रेनी सेना पछि हट्नसक्ने पनि बताएको छ ।
यसैबीचमा अमेरिकाले युक्रेनले माग गरेको लामो दूरीमा प्रहार गर्न सक्ने हतिहारहरु उपलब्ध गराउने बारेमा छलफल भइरहेको बताएको विविसीले उल्लेख गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।