
काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण झण्डै १३ जनाको मृत्यु भएको छ ।
घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।



बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिने गरिएको छ ।
तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा अवैध मदिराको कारोबार भइरहेको छ ।
विषाक्त महिरा सेवनबाट मृत्यु हुनेहरुको सं्खया अझ धेरै भएको अनुमान गरिएको छ ।
मदिरा सेवन गर्नेहरूले बान्ता हुने, पेट दुख्ने र कम देख्ने समस्या बताएका छन् ।
यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको उक्त घटनाबारे सरकारलाई ध्यानाकर्षण पत्र पठाएको समाचार छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।