
काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा विकास निर्माणका लागि गर्न भनेर छुटयाएको रकमलाई पूर्ण रुपमा खर्च गर्नै सकेन ।
छुट्याएको रकम मध्ये हालसम्म सरकारले ३२.२ प्रतिशत रकम मात्र पुँजीगत खर्च गरेको छ । खर्च गर्न नसकेरै सरकारले मध्यावधि समिक्षा मार्फत विकास खर्चको आकार समेत घटाएको थियो ।



यस अघी ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएकोमा त्यसलाई घटाएर ३ खर्ब ४० अर्ब ३२ करोडमा झारिएको थियो । जेठ ६ गतेसम्म १ खर्ब २१ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
सोचे अनुसार पूँजीगत खर्च नभएपछी चालु आर्थिक वर्षको अन्त्यमा फेरि पनि असारे विकास खर्च दोहोरिने आशंका गरिएको छ । सरकारले लक्ष्य अनुसारको खर्च गर्नकालागि दैनिक तीन अर्ब भन्दा बढी खर्च गर्नुपर्छ ।
स्रोत सुनिश्चित नगरी बजेट विनियोजन गर्दा समस्या देखिएको भनाइ विज्ञको छ ।
विकास खर्च सुस्त भएपनि निर्वाचन र यससँग सम्बन्धित गतिविधिका कारण चालु खर्च भने उल्लेख्य भएको छ । चालु खर्च ७ खर्ब ३५ अर्ब बढी भएको छ ।
हालसम्म जम्मा बजेट खर्च भने ९ खर्ब ३१ अर्ब ८६ करोड रुपैयाँ भएको छ । सरकारले अर्धवार्षिक समिक्षा मार्फत १६ खर्बको बजेटलाई १५ खर्बमा झारेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।