२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

धानमा ड्रोनबाट विषादी छर्किइदै

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले नेपालमै पहलो पटक धान खेतीमा ड्रोन प्रयोग गरेर बिषादी छर्किएको छ ।

चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चक्लाबन्दी गरेर लगाईएको धान खेतीमा ड्रोन प्रयोग गरेर बिषादी छर्किएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरणले १५ लाख रुपैँयामा खरिद गरेर लगेको उक्त ड्रोन किसानको १५ प्रतिशत र परियोजनाको ८५ प्रतिशत लगानीमा खरिद गरिएको हो ।

ड्रोनबाट बिषदी झार्दा बिषादी प्रयोगमा कम हुनुका साथै कृषि पेसाप्रति युवाहरुको आकर्षण बढाउन पनि मद्दत पुग्ने विश्वास लिइएको प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना चितवनका अधिकृत माधब पौडेलले बताउनुभयो ।

किसानले हातले बिषादी छर्कँदा १ ट्याकी बिषादीबाट १ कठ्ठालाई मात्र पुग्ने गरेकोमा त्यति नै परिमाणको विषादी ड्रोनबाट झार्दा १ बिगाहलाई पुग्ने प्राविधिकहरुले जानकारी दिएका छन ।।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 539 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।