
काठमाडौं । अष्ट्रेलियामा नयाँ सरकारको नेतृत्व गर्न प्रतिपक्ष लेबर दलले गर्ने भएको छ । प्रधानमन्त्री चयन र नयाँ संसद सदस्यका लागि शनिवार भएको मतदानमा प्रतिपक्ष लेबर दलले सरकारको नेतृत्व गर्न जनमत प्राप्त गरेको हो ।
निर्वाचनको यो परिणामले लगातार तीन कार्यकाल अष्ट्रेलियाको सत्ता सम्हालेको प्रधानमन्त्री स्कट मरिसनको कर्जरभेटिभ दलले संसदमा बहुमत गुमाउने र सत्ताबाट पनि बाहिरिने देखाएको छ भने प्रतिपक्ष नेता एन्थोनी एलबानेस लाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि ल्याएको छ ।



शनिवार सकिएको मतदानको सोहि दिन मतगणना सकाएर मतपरिणाम सार्वजनिक गरिएको हो ।
प्रतिपक्ष नेता एलबानेस सन् २००७ पछि पहिलो पटक निर्वाचित हुन लाग्नु भएको हो । कोरोनाको महामारी र प्राकृतिक विपद्का बेलामा सरकारले गरेको कामको मतदाताले मूल्याङ्कन गर्ने अनुमान गरिएको थियो ।
निर्वाचनको परिणाम आएसंगै प्रधानमन्त्री मरिसनले हार स्विकार गर्दै लेबरल दलहरुको नेताबाट राजीनामा दिनुभएको छ ।
सबै वालिग मतदाताले अनिवार्य मतदान गर्नुपर्ने बाध्यात्मक प्रावधान रहेको अष्ट्रेलियामा महामारीका कारण करीव आधा मतदाताले यस अघिनै मतदान गरिसकेका र हुलाक मार्फत आफ्नो मत दिएका छन् ।
त्यसका कारण मत गणना केहि ढिलो भएको बताइएको छ । यो निर्वाचनले प्रधानमन्त्री चयन संगै प्रतिनिधि सभाका लागि १५१ सदस्य निर्वाचित गर्नेछ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।