२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

उत्तर कोरियामा कोरोना महामारीः औषधि र खोप छैन् – नून पानी कै भर

काठमाडौं । कोरोनाको महामारीबाट आक्रान्त बनिरहेको उत्तर कोरियामा भाइरस विरुद्ध लड्न सामान्य घरेलु विधि साहारा बनेको छ ।

कोरोना विरुद्धको खोप र अन्य औषधिको अभावका कारण आम नागरिकलाई मह मिसाएको तातो पानी पिउन सल्लाह दिइएको छ ।

प्रतिरोधात्मक निसंक्रमण झोल बनाउन हजारौं टन नून राजधानी प्योङयाङ पठाइएको त्यहाँको सरकारी माध्यमले बताएको छ ।

सन् २०२० बाटै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराएका बाह्य मुलुकसंगको सम्पर्क टुटाएको उत्तरले कोरोनाबाट सुरक्षित रहेको दावी गर्दै आएको थियो । तर एकैपटक लाखौंमा संक्रमण देखिएपछि अहिले देशव्यापी लकडाउन गरिएको छ ।

परम्परागत उपचार विधिको असर बारे देशभरको अवस्था नियालिरहेको अधिकारीहरुले बताएको विविसीले उल्लेख गरेको छ ।

केहि अध्ययनले सामान्य लक्षणमा नूनपानी लगायतले घाँटी दुखेकोमा सञ्चो गरेको पाइएको बताउपनि त्यसले कोरोनाको समूल उपचार नगर्ने पक्का छ ।

तर बाह्य सहायता लिन अस्विकार गर्दै आएको उत्तर कोरिया र त्यहाका नेता किम जोन-उनले बेसार र मह हालेको तातोपानीबाटै महामारी नियन्त्रण गर्ने बताउनु भएको छ ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।