
काठमाडौं । नेपाल भाषा परिषद्ले नेपाल भाषा र साहित्यको श्रीवृद्धिमा विगत साढे चार दशकदेखि योगदान गर्दै आएका छ जना स्रष्टालाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।
कवि केशरी चित्तधर हृदयको ११६ औँ जन्मजयन्तीको उपलक्ष्यमा परिषद्को कार्यसमिति बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई दिने निर्णय गरेको हो ।



त्यसैगरी, चित्तधर सिरपाः कवि डा आनन्द जोशी, मोतीलक्ष्मी सिरपाः कथाकार सरस्वती तुलाधर, केशवलाल सिरपाः कथाकार तथा उपन्यासकार केदार सितु, ठाकुरलाल सिरपाः नियात्राकार विमल प्रभा बज्राचार्य र पूर्णहीरा सिरपाः समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गरिने छ ।
परिषद्ले जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गर्दैछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।