
काठमाडौं । गम्भिर आर्थिक संकटमा फसेको श्रीलंकाले अन्तर्राष्ट्रिय ऋण चुक्ता गर्न दिइएको अन्तिम समयसीमामा पनि ऋण तिर्न असमर्थता व्यक्त गरेको छ ।
आर्थिक संकटका कारण बाह्य ऋण चुकाउन नसक्ने बताएको श्रीलंकालाई दाताहरुले निर्धारित समयको अलावा थप ३० दिनको अतिरिक्त समय उपलब्ध गराएका थिए । तर झण्डै ८ अर्ब अमेरिकी डलर बराबरको उक्त ऋण कुनै पनि हालतमा तत्काल तिर्न नसक्ने भन्दै श्रीलंकाली सरकारले लाचारी व्यक्त गरेको छ ।



यसले श्रीलंकालाई आफ्नो मुलुकको इतिहासमै पहिलोपटक असफल राष्ट्र बनाएको छ । कुनैपनि मुलुकले यदी सम्पूर्ण वा आंशिक ऋण दाताको माग अनुरुपको समयमा तिर्न सक्दैन भने त्यस्तो मुलुकलाई चुकेको वा असफल मानिन्छ । यसले देशको छवीलाई धमिल्याउन भूमिका खेल्दछ ।
तर श्रीलंकाली केन्द्रीय बैंकका गभर्नरले भने यसलाई रिक्तपूर्वको अवस्था भनेका छन् । श्रीलंकाले माग गरे अनुरुप ऋणको शर्त परिमार्जन नभएसम्म चुक्ता नगर्ने अडान यथावत् रहेकोले असफल भन्न नमिल्ने गभर्नरको तर्क छ ।
अत्यावश्यक औषधी इन्धन लगायत समेत खरीद गर्न नसक्ने अवस्थामा पुगेको श्रीलंकामा पेट्रोलको मौज्दात शून्य छ भने केन्द्रीय बैंक पैसा छापेर कर्मचारीलाई तलव खुवाइरहेको छ ।
अत्यावश्यक वस्तु आपूर्ति गर्न सरकारले ७ अर्ब बढी डलरको माग पनि गरिरहेको छ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।