
काठमाडौं । काठमाडौं महानगरपालिकाका मतगणना सकिएका पाँच वटै वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले जितेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनामा महानगरका पाँच वटा वडा १, २, ३, ४ र ५ को मतगणना सकिएको छ।
मतगणना सकिउका यी सबै वडामा नेकपा एमालेका उम्मेदवारहरूले वडा अध्यक्ष जितेका छन्। तर आश्चर्यलाग्दो कुरा के भने यी सबै वडाबाट प्रमुखमा भने बालेन शाहले धेरै मत पाएका छन् । एमालेकै प्रमुख पदका उम्मेदवार केशव स्थापित पाँचै वडामा नराम्रोसंग थेचारिएका छन् ।



वडा नम्बर १ मा ६२२ मत पाएर भरतलाल श्रेष्ठ, वडा नम्बर २ मा १३७७ मत पाएर राजेन्द्रकुमार श्रेष्ठ, वडा नम्बर ३ मा २१३८ मत पाएर प्रेम थापा, वडा नम्बर ४ मा ४६०४ मत पाएर दिनेश महर्जन र वडा नम्बर ५ मा १८१८ मत पाएर विरेन्द्र प्रजापति निर्वाचित भएका हुन्।
निर्वाचित भएका वडाध्यक्षहरूले कूल १० हजार ५५५ मत पाएका छन्। एमाले वडाध्यक्षहरूले १० हजार बढी मत पाउँदा त्यही पार्टीका मेयर उम्मेदवार केशव स्थापितले आधामात्रै मत पाए।
मतगणना सकिएका पाँच वटै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। स्थापित दोस्रो स्थानमा छन्।
शाहले वडा १ मा ७८३, वडा २ मा १२१५, वडा ३ मा २४०६, वडा ४ मा ३९५६ र वडा ५ मा १५०१ मत पाएका छन्।
स्थापितले वडा १ मा ३६५, वडा २ मा ७२८, वडा ३ मा १२०३, वडा ४ मा १९२४ र वडा ५ मा १०६६ मत पाए।
यी वडाबाट शाहले कूल ९८६१ मत पाए। यता स्थापितले भने जम्मा ५२८६ मत ल्याए।
अहिले राष्ट्रिय सभा गृहमा वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।
१२ वटै वडाहरूका ५६ हजार ४० मत गणना गर्दा बालेन शाहले २३ हजार ५८४ मत पाएका छन्।
यता केशव स्थापितले भने १२ हजार ३८० मत पाएका छन्।
उनीहरूबीचको मतान्तर १० हजार भन्दा पनि बढी छ। तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११४९९ मत पाएकी छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।