२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

सुस्त मतगणनाः उम्मेदवार र समर्थकलाई हुटहुटी-व्यापारीलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’

काठमाडौं । स्थानीय तहको मतगणना सम्पन्न भएको एक साता भएको छ । गत बैशाख ३० गते सकिएको स्थानीय तहमा नयाँ नेतृत्व छान्न भएको निर्वाचनको मतगणना सोहि दिन रातिबाट शुरु भएको थियो । तर अझैपनि धेरै स्थानको अन्तिम मतपरिणाम आउन सकेको छैन् । काठमाडौं महानगरपालिका सहितका महानगरहरुमा त अझै लाख माथि भोट गन्न बाँकी छ ।

सिमित कर्मचारी, लगातारको काम, गणना गर्ने स्थल सिमित हुनु र धेरै क्रस भोटिङ भएका लगायतका कारणले मतगणना ढिलो भइरहेको गणनामा संलग्न गणकहरुले बताएका छन् । निर्वाचन आयोगले जेष्ठ ५ गते अर्थात आज सम्ममा बैशाख ३० गते सम्पन्न भएको मतदानको सबै मतगणना सक्न भनेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतगणनास्थलको अनुगमनै गरेर निर्देशन दिनुभएको थियो । तर सबै गणना सक्न अझै एक साता लाग्ने प्रष्ट छ ।

चुनावको नतिजा छिटै नआउँदा दल, उम्मेदवार र समर्थकहरुलाई हुटहुटी भइरहेको छ । तर ढिलो मतगणनाको फाइदा व्यापारीहरुले भने राम्रैसंग लिइरहेका छन् । मतगणना स्थल वरपर जम्मा भएकाहरुलाई चिया खाजा देखि चुरोट लगायत सम्म बिक्री गर्न उनीहरुलाई भ्याइनभ्याइ भएको छ । गणनास्थलमा २४औ घण्टा मानिसहरुको भीडभाड हुनेभएकोले व्यापारीहरुलाई अहिले पशुपतिको जात्रा सिद्राको व्यापार जस्तै भएको छ ।

सडक किनारमा पाल टाँगेर व्यापार सुरु गरेका व्यापारी र होटल सञ्चालकको पनि व्यापार व्यवसाय फस्टाएको छ । ठूला होटलमा भन्दा यतिबेला चिया, नास्ता र पकौडा, पापड बिक्री गर्ने खुद्रा पसलमै ग्राहकको भीड लाग्ने गरेको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।