२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

बूढानलिकण्ठ–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी

काठमाडौँ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो ।

धितालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र खड्काले ४७४ मत प्राप्त गर्नुभएको थियो । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो ।

यस्तै, खुला वडा सदस्य पदमा एमालेका उम्मेदवारद्वय विक्रमराज श्रेष्ठ ६१०, विकास तामाङ लामा ६१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बालमाया श्रेष्ठले ५५४ र दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुशीला रम्तेल ५७९ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।

१३ वडा रहेको   बूढानीलकण्ठ नगरपालिकामा कूल ४८ हजार ३०४ मतदाता रहेको र ३४ हजारभन्दा बढी मत खसेको थियो । प्रतिशतका आधारमा उक्त स‌ङ्ख्या लगभग ७१ प्रतिशत हुन्छ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।