
काठमाडौं । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् ।
यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ ।



‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ ।
यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ । जसअनुसार यहाँ गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो ।
पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ ।
सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको संक्रमण देखिएको जनाएको हो ।
अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।