२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

काठमाडौंको शङ्खरापुर नगरपालिकामा राप्रपा

काठमाडौं । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित विजयी हुनुभएको छ ।
नापितले चार हजार ७०० मत पाउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो ।

नेकपा (एमाले)का कृष्णलाल बजगाईँले तीन हजार ६२२ मत पाउनुभयो । नेकपा (माओवादी केन्द्र)का मधु केसी नीरजले दुई हजार २२२ मत पाउनुभएको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टीले भने ९२ मत मात्र प्राप्त गरेको थियो ।

विसं २०७४ को निर्वाचनमा राजधानीमा राप्रपाले स्थानीय तहको प्रमुखमै जीत हासिल गर्न सकेको थिएन ।

उपप्रमुखमा कांग्रेस

उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ विजयी हुनुभयो । उहाँले छ हजार ३६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले तीन हजार २९८ मत पाउनुभयो । शङ्खरापुरमा कांग्रेस र समाजवादीको गठबन्धन थियो ।

वडाध्यक्षमा क्रमशः १ बाट एमालेका बाबुराम दङ्गाल, २ मा कांग्रेसका रनबहादुर तामाङ, ३ मा राप्रपाका सूर्य तामाङ, ४ मा कांग्रेसका सोनाम तामाङ, ५ मा एमालेका शेरगम्भीर थापा, ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ, वडा नं ७ पनि राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ, ८ मा कांग्रेसका पोते थिङ र वडा नं ९ मा पनि कांग्रेसकै सहदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँचवटा वडा पनि एमालेले जितेको थियो ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।