२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

श्रीलंकामा संकटकालको अन्तर्राष्ट्रिय विरोध

काठमाडौं । श्रीलंकामा लगाइएको संकटकालको अन्तराष्ट्रिय समुदायले विरोध गरेका छन् ।

अमेरिका र युरोपेली सङ्घले सरकारविरुद्ध जनताले असन्तुष्टी जनाउँदै प्रदर्शनमा रहेका बेला सङ्कटकाल घोषणा गर्ने श्रीलङ्काका राष्ट्रपतिको निर्णयको आलोचना गरेका छन्।

गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा जनताले औषधिसहित अत्यावश्यक सामग्रीहरू समेत नपाएपछि राष्ट्रपतिको राजीनामा माग्दै देशव्यापी प्रदर्शन गरिरहेका छन् ।

राजीनामा माग्दै २८ दिन देखि राष्ट्रपति भवनको ढोकैमा प्रदर्शन गरिरहेका श्रीलंकाली जनताले विरोध कार्यक्रमलाई देशव्यापी बनाइरहेका छन् ।

जनताको विरोध र प्रदर्शन तीब्र भएपछि श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षले गए रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गर्नुभएको हो ।

मन्त्रिपरिषद्को विशेष बैठकले सङ्कटकाल लगाउने निर्णय लिएको थियो । जनताले मुलुकको गम्भिर संकटको जिम्मेवार राष्ट्रपति राजापाक्षे नै भएको भन्दै उहाँले पद छोड्नुपर्ने माग गरिरहेका छन् । तर राष्ट्रपतिले भने पद नछोड्ने अडान दोहोर्‍याउदै आउनुभएको छ ।।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।