२०८३ भाद्र २७ शनिबार
  • काठमाडौँ

हालसम्म एक हजार ३६५ मानवीय क्षति : प्राधिकरण

काठमाडौँ, भदौ २२ गते । रसुवा बाढीबाट सोमबार साँझ ६ बजेसम्म एक हजार ३६५ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवाबाट १६९, नुवाकोट १९७, धादिङ ७०, गोरखा ७५, तनहुँ ३८, चितवन ३६३, नवलपरासी पूर्व २२३ र नवलपरासी पश्चिमबाट २२१ शव भेटिएका हुन् । हालसम्म सनाखत भई बुझिलिएको शवको संख्या ९८ पुगेको छ ।    बाढीका कारण हालसम्म करिब ४ हजार ९९४ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरिएकाको संख्या १३ हजार ३९६ पुगेको प्राधिकरणले जनाएको छ ।

२०८३ भाद्र २२, सोमबार प्रकाशित 0 Minutes 17 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार